भर्ना सम्बन्धी सामान्य प्रश्नोत्तर (FAQs)
तपाईंले जन्मदर्ता (Birth Certificate) राखेर पनि आवेदन फाराम भर्न मिल्छ।
ई-सेवामा गएर पहिले पैसा तिर्ने होइन। फाराम भर्दै जाँदा अन्तिममा आफूले भरे अनुसारको पेमेन्ट (Payment) गर्ने अप्सन आउँछ, जहाँ खल्ती (Khalti) वा ई-सेवा (eSewa) Select गर्न मिल्छ।
आवेदन फाराम २०८३ श्रावण २९ गते बिहान १०:०० बजे देखि २०८३ भाद्र ०२ दिउँसो ३:०० बजेसम्म भर्न मिल्छ।
अटोमोबाइल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, जियोम्याटिक्स, मेकानिकल, र सिभिल इन्जिनियरिङ कार्यक्रममा भर्ना खुल्ला भएको छ।
आवेदन गर्दा प्रति प्राथमिकताको (Priority) लागि आवेदन शुल्क रु. ५००/- लाग्ने छ।
अनलाइन माध्यमबाट भुक्तानी गर्न कठिनाइ भएमा NIC ASIA बैंकको कुनै पनि शाखाबाट रकम जम्मा गरी भौचरको Scanned Copy लाई [email protected] मा २०८३ भाद्र २ गते दिनको १:०० बजे भित्र पठाइसक्नु पर्ने छ।
बैंकमा रकम जम्मा गर्दा खातावालाको नाम "INCOME ACCOUNT, PASHCHIMANCHAL CAMPUS" र खाता नं "16-41-615557-352-402" मा जम्मा गर्नुपर्छ।
Online Form भर्दा आफूलाई अध्ययन गर्न बढी इच्छा लागेको कार्यक्रमलाई पहिलो प्राथमिकता दिने र त्यसपछिका कार्यक्रमहरू प्राथमिकता अनुसार भर्नुपर्छ।
आरक्षित कोटातर्फ आवेदन दिन इच्छुक आवेदकहरूले आरक्षित कोटातर्फबाट नै आवेदन फाराम भर्नुपर्नेछ। आरक्षित र खुला दुवैतर्फ आवेदन दिने भएमा छुट्टाछुट्टै आवेदन फाराम भर्नुपर्नेछ। तर, मिति २०८३ साउन २० गतेदेखि २६ गतेसम्म पुल्चोकस्थित ICTC मा आवेदन दिई प्रकाशित नतिजा (Result) मा नाम हुनु अनिवार्य छ।
मिल्छ, मिति २०८३ भाद्र ४ गते बिहान १०:०० बजेदेखि दिउसो ३:०० बजेभित्र कार्यक्रममा थपघट वा आवेदन फाराम संशोधन गर्न सकिने छ।
कार्यक्रम थपको लागि प्रति प्राथमिकता रु. ५०० र प्राथमिकता संशोधनको लागि रु. ५०० लाग्नेछ। तर आवेदन फाराममा प्राथमिकता घटाएमा बैंक जम्मा गरेको रकम फिर्ता हुनेछैन।
प्रथम सूची २०८३ भाद्र ७ गते बिहान १०:०० बजेसम्म प्रकाशन हुनेछ।
प्रथम सूचीमा नाम प्रकाशित आवेदकहरूको भर्ना २०८३ भाद्र ८ गते बिहान ११:०० बजे देखि २०८३ भाद्र ११ गते दिउसो ३:०० बजेसम्म हुनेछ।
भर्ना हुँदा नियमित (Regular) कार्यक्रममा रु. १९,२६९ र पूर्णशुल्कीय (Full Fee) कार्यक्रममा रु. २,१८,०७० जम्मा रकम बुझाउनुपर्छ।
भर्ना हुँदा बैंकमा बुझाएको सक्कल भौचर, स्कोर कार्डको कलर प्रिन्ट, अनलाइन फारामको Confirmation Page को कलर प्रिन्ट, नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, र एस.एल.सी./एस.इ.इ. देखि +२ वा सो सरहका सम्पूर्ण शैक्षिक प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू पेश गर्नुपर्नेछ।