Note: आवश्यक कागजातहरु कार्यालय समयभित्र Upload गरेको भए बेलुका ६ वजेपछि र कार्यालय समय पछि Upload गरेको भए दिनको १२ वजेपछि भर्ना भएको एकिन हुने हुदाँ admission.ioepas.edu.np मा Check Applicant Status बाट admission conformation page download गर्न सकिने छ।
Before you start document submission for admission:
- You must have selected for admission.
भर्नाहुदा अनिवार्य रुपमा Upload गर्नुपर्ने कागजातहरु
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रति ।
- SLC/SEE परीक्षाको मार्कसिट, प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रति ।
- ISc, +2 वा इ. डिप्लोमा तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रति यदी +2 Bio समूहले १२ कक्षाको Math विषय उत्तीर्ण गरेको मार्कसिटको प्रमाणित प्रति ।
- कक्षा ११ को मार्कसिटको प्रमाणित प्रतिलिपि ।
- त्रि.वि वाहेक अन्य परीक्षा वोर्डवाट परीक्षा उत्तिर्ण गर्नेहरुले माइग्रेशन, प्रोभिजनल प्रमाण पत्र तथा लब्धाङ्क प्रमाण पत्रको प्रमाणित प्रति ।
- भर्नाको लागि Fonepay, Esewa वा Khalti बाट रकम भुक्तानी गर्दा QR को Remarks मा आवेदकको पुरा नाम लेख्नुपर्नेछ। QR मार्फत भुक्तानी गरिसकेपछि प्राप्त हुने 'Receipt' (रसिद) को PDF वा तस्बिर upload गर्नुपर्नेछ; मोवाइलको साधारण Screenshot मान्य हुने छैन। यदि एकभन्दा बढी पटक भुक्तानी (Multiple payment) गरिएको छ भने ती सबै रसिदहरूलाई एउटै PDF बनाएर प्रणालीको Bank Voucher भन्ने स्थानमा Upload गर्नुपर्नेछ।
